स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु

पाेखरा | साउन १४, २०८१

स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु

पोखरा:   स्कुल बस दुर्घटना हुँदा घाइते गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको हो ।

 

‘अहिले औपचारिक पुष्टि गर्न बाँकी छ, डाक्टरहरुको प्रक्रिया हुन्छ तर प्राथमिकतामा अन्य घाइते हुने भएकाले पुष्टि गर्न समय लागेको हो,’ इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने ।

 

दुर्घटनामा परेका अन्य घाइतेहरूको भने उपचार भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित २७ जना घाइते भएका थिए । 
 

अन्य घाइतेहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ ।

 

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो । (उपचारको क्रममा रहेकाले घाइतेको सँख्या एकिन गरिदैं)

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्